×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपत्यकामा सार्वजनिक बिदा भएपछि मंगलबार नेप्से बन्द रहने

काठमाडौं । उपत्यकामा सार्वजनिक बिदा भएपछि मंगलबार सेयर बजार पनि बन्द हुने भएको छ । घोडेजात्राको अवसरमा सरकारले मंगलबार उपत्यकामा सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा पुगेर बन्द भएको नेप्से अब बुधबार ११ बजे मात्रै खुल्नेछ ।

तर, मंगलबार बैंक तथा वित्तीय संस्था भने खुला रहनेछन् । सार्वजनिक बिदा भए पनि उपत्यका बाहिरका कार्यालयहरुमा हुने नगद कारोबार, इलेक्ट्रोनिक क्लियरिङ, आरटिजिएस लगायतका अत्यावश्यक सेवाहरु सुचारु राख्न राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: