Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले साढे ४२ करोड रुपैयाँ मुद्धती निक्षेपमा राख्दै

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४२ करोड बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोषअन्तर्गत सुरक्षण कोषमा जम्मा भएको ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा राख्ने भएको हो ।

कर्मचारी सुरक्षण कोषमा जम्मका भएको २४ करोडमध्ये १९ करोड २० लाख रुपैयाँ वाणिज्य बैंक, ३ करोड ६० लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंक र १ करोड २० लाख रुपैयाँ वित्त कम्पनीको मुद्धती निक्षेपमा राख्न लागेको राष्ष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाखमध्ये १४ करोड ८० लाख वाणिज्य बैंक, २ करोड ७७ लाख ५० हजार राष्ट्रियस्तरका विकास बैंक र बाँकीको ९२ लाख ५० हजार रुपैयाँ वित्त कम्पनीको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त रकम चैत १ गतेदेखि १ वर्षका लागि मुद्धती निक्षेपमा राख्ने भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK