काठमाडौं । बैंकिङ प्रणालीमा खराब कर्जा बढेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुसँग छलफल सुरु गरेको छ । बैंकिङ प्रणालीमा प्रवाह भएको कर्जा उठ्नै छाडेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग छलफल गर्ने भएको हो ।
राष्ट्र बैंकले बैंकहरुसँग सोमबार तीन बजे याक एण्ड यती होटलमा छलफल गर्ने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ । विभागका अनुसार छलफलमा वाणिज्य बैंकहरुका सबै सीईओहरुको सहभागिता रहनेछ ।
नियमन विभागले ‘समसामयिक बिषयमा’ भन्दै छलफलका लागि बैंकका सीईओहरुलाई सहभागिताका लागि निम्तो पठाएको छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र लगायतको उपस्थिति रहने विभागले जनाएको छ । विभागका अनुसार नियमन विभागले प्रिजेन्टेसन दिने छ भने सुपरिवेक्षण विभागका तर्फबाट पनि बैंकहरुको अवस्था र अभ्यासका बारेमा टिप्पणी गरिनेछ ।
त्यस्तै, कार्यक्रममा बैंकका सीईओहरुलाई पनि समसामयिक विषयमा आफ्नो धारणा राख्ने मौका दिइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्