×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

किर्ते कागज बनाएर लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना, कर्मचारी पक्राउ !

BIZBAZAR

काठमाडौं । नुवाकोटमा किर्ते कागज बनाएर लघुवित्तको रकम हिनामिना गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले संस्थाको करोडौं रकम हिनामिना गरेको भन्दै संस्थाबाटै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले बताएका छन् । ‘करोडौं रकम हिनामिना भएको भन्दै पाण्डेविरुद्ध संस्थाबाटै उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी खड्काले भने, ‘पाण्डेले लघुवित्तमा फर्जी खातावाला खडा गरी ऋण प्रवाह गरेको आरोप छ । थप अनुसन्धान गरिरहेका छौँ ।’

डिएसपी खड्काका अनुसार पक्राउ परेका पाण्डेविरुद्ध बैंकिङ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ । उनीमाथी ८ करोड २२ लाख ६५ हजार ५ सय ८७ रुपैयाँ अपचलन गरेको आरोप रहेको डिएसपी खड्काले बताएका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal