काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ । ललितपुरको कुमारीपाटीस्थित सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको हो ।
संस्थामा तरलता अभाव चुलिएपछि विभागले फागुन २९ गते पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको उपरजिष्ट्रार खिमानन्द आचार्यले बताएका छन् ।
‘सहकारीमा तरलता अभाव चुलिएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको हो ।’, उनले भने, ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको भए पनि मन्त्रालयमा मन्त्री नहुँदा तत्कालका लागि काम रोकिएको छ ।’
विभागका अनुुसार पशुपति सहकारीले बचतकर्ताको करिब ८० करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको देखिएको छ । हालसम्म भने ५३ करोड रुपैयाँको माग दाबी परेको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्