×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 ब्याजदर एकल अंकमा झार्ने विषयमा राष्ट्र बैंकलाई निर्देशन दिएको प्रचण्डको दाबी, भने- ‘आत्तिनुपर्दैन’ (भिडियो)

PRIME CA

 ब्याजदर एकल अंकमा झार्ने विषयमा राष्ट्र बैंकलाई निर्देशन दिएको प्रचण्डको दाबी, भने- ‘आत्तिनुपर्दैन’ (भिडियो)

२८ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले नेपाल राष्ट्र बैंकले ब्याजदर एकल अंकमा झार्ने विषयमा नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको दाबी गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभामा प्रधानमन्त्रीको पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा नभएको तर आत्तिइहाल्नुपर्ने परिस्थिति पनि नरहेको बताए । अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको बताउँदै पूँजीगत खर्च बढाउने कुरामा सरकारको ध्यान गएको दाबी गरेका छन् ।

कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको प्रचण्डको दाबी छ ।

‘मुद्रास्फिर्ति नियन्त्रणभित्रै छ, नेपाल बैंकर्स सङ्घले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको छ । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भिर पहल लिने निर्णय गराएको छु ।’ कार्यक्रममा बोल्दै उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: