×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि बृहत छलफल गर्ने भएका छन् । बैंक, लघुवित्त तथा सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि प्रधानमन्त्री प्रचण्डले बृहत् समीक्षा बैठक बोलाउने भएका हुन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका हुन् ।

विपन्न वर्गको उत्थानका लागि लघुवित्त वित्तीय संस्थाहरुको भूमिका निकै उल्लेखनीय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिले देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएको बताएका छन् । ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह भएको थियो । तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् ।’ प्रधानमन्त्री दाहालले भने– ‘सहकारीहरूमा पनि समस्या देखिएका छन्, यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’

त्यस्तै, प्रधानमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुको कार्यप्रति पनि समिक्षा गर्न आवश्यक भएको बताएका छन् । वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि तत्काल ठोस पहल चाल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: