×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको ब्याज मिनाहा गर’ भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी

PRIME CA
GLOBAL IME BANK

‘बैंकको ब्याज मिनाहा गर’ भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी

७ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘बैंकको ब्याज मिनाह गर’ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८औँ अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाहरुले प्रधानमन्त्रीविरुद्ध यस्तो नाराबाजी गरेका हुन् ।

नाराबाजीकै क्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । तर, ती युवालाई प्रहरीले समाउन खोजेपछि उनीहरुले प्रधानमन्त्री दाहालविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

नाराबाजी गर्दै गर्दा प्रहरी समातेपछि एक युवाले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’ लगायतका नारा लगाएका थिए ।

त्यतिमात्र होइन प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थल पुग्दैगर्दा एक युवाले ‘बैंकको ब्याज मिनाहा गर’ भन्दै नाराबाजी गरेका थिए । त्यसलगत्तै प्रहरीले ती युवाको मुख थुनेर नियन्त्रणमा लिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: