×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको आर्थिक अवस्थाप्रति निकै चिन्तित छु’- राष्ट्रपति पौडेल

PRIME CA
GLOBAL IME BANK

‘मुलुकको आर्थिक अवस्थाप्रति निकै चिन्तित छु’- राष्ट्रपति पौडेल

९ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा आफू चिन्तित भएको बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘मुलुकको बर्तमान आर्थिक अवस्थाले मलाई निकै चिन्तित बनाएको छ ।’, राष्ट्रपति पौडेलले भने, ‘हाल मुलुकमा देखिएको आर्थिक संकटको समस्या र जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ । आर्थिक रुपमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’ त्यस्तै, राष्ट्रपति पौडेलले मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेम जोड दिएका छन् ।

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताएका थिए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको समेत बताएका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: