×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा, माइतीघरमा धर्ना र विरोध प्रर्दशन (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा, माइतीघरमा धर्ना र विरोध प्रर्दशन (फोटो-कथा)

Artha Sarokar

१ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा बुधबार काठमाडौंमा धर्ना दिएको छ ।

बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो । कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता ?? लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।

धर्ना कार्यक्रमलार्य सम्बोधन गर्दै, राप्रपा बाग्मति प्रदेश सांसद सुनिल केसीले किसानमाथि राजनीति भइहरेको भन्दै आक्रोस पोखे । उनले भने ‘किसान भनेको भगवान हो , भोको पेटले सेवा हुँदैन, जुन खाद्यान्न हामीले खान्छौं उनीहरु प्रति नै राजनीति भईरहेको छ । दलाल भगाउ देश जोगाउ किसानलाई साथ देउ । किसानको अनुदानमा सहज तरिकाले किसानलाई मल ल्याउने वातावरण सिर्जना गर्ने राप्रपा अहिले मैदानमा उत्रेको छ ।’

सभासद केसीले सरल सहज र सुपथ मुल्यमा किसानले मल पाउनु पर्नेमा जोड दिंदै किसानका समस्या के छन् त्यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने बताए । बाँकि तस्विरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी