×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खामा मिनी ट्रक दुर्घटनामा परी राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीको ज्यान गयो, अन्यको उपचार हुँदै…

PRIME CA
GLOBAL IME BANK

गोर्खामा मिनी ट्रक दुर्घटनामा परी राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीको ज्यान गयो, अन्यको उपचार हुँदै…

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा । गोरखामा भएको मिनीट्रक दुर्घटनामा परी राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीको ज्यान गएको छ । जिल्लाको गोरखा नगरपालिका-६, बिसौनीमोडमा भएको मिनी ट्रक दुर्घटनामा घाइते भएका राष्ट्रिय बाणिज्य बैंकमा गजुरी शाखामा कार्यरत ३२ वर्षीय विष्णु खड्काको चितवनस्थित मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परी खड्कासहित २ जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले पुष्टी गरेका छन् ।
‘दुर्घटनाका गम्भीर घाइते २ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बर्दिया घर भएका २८ वर्षीय मंगल चौधरी, सहिद लखन गाउपालिका–४ का बुद्धिबहादुर नेपालीलाई उपचारका लागि चितवन पठाइएको छ’ डिएसपी लामिछानेले भने ।
प्रहरीका अनुसार अन्य १ को भने सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भईरहेको छ ।
बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एक मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदै सडकबाट तल खसेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: