काठमाडौँ । सहकारीकर्मी नरेन्द्र बिष्टले तनाव सहन नसकेर ५० बढी सहकारीकर्मीले प्राण त्यागिसकेको खुलासा गरेका छन् । स्पेस फोके टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम बिज एण्ड ब्रेनमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् । बचतकर्ता र ऋणीबीचको हिसाबको तालमेल बिग्रिएपछि भविष्य नदेखेर थुप्रै सहकारीकर्मीले मृत्युको बाटो रोजेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले बचत फिर्ता गर्न गुण्डासमेत लगाइएको दाबी गरेका छन् । ‘कर्मचारी त्रासमा छन् । बचत फिर्ता गर्न गुण्डा लगाइएको छ, हामीले मात्र के गर्ने ? राज्यले सहयोग नै गरेको छैन ।’ उनले भने । उनीसँगको कुराकानी विस्तृतमा हेर्नुहोस् :