×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेशनको गैरकानुनी कारोबारमा धितोपत्र बोर्डको चासो, शंकास्पद कारोबार देखेपछि छानबिन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साल्ट ट्रेडिङ कर्पोरेशनको गैरकानुनी कारोबारमा धितोपत्र बोर्डको चासो, शंकास्पद कारोबार देखेपछि छानबिन सुरु

Artha Sarokar

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको गैर कानुनी सेयर कारोबारको विषयमा छानबिन सुरु गरेको छ । बोर्डको निगरानी विभागले शंकास्पद सेयर कारोबारबारे छानबिन सुरु गरेको हो ।

धितोपत्र बोर्डको नियमानुसार सञ्चालक समितिको अध्यक्ष पदमा रहँदा वा अवकाश पाउको एक वर्षसम्म सम्बन्धित व्यक्ति/पदाधिकारी वा निजको परिवारले सेयर खरिद बिक्री गर्न पाउँदैनन् ।

तर, साल्ट ट्रेडिङका अध्यक्ष कल्याण गोबिन्द श्रेष्ठका छोरा रोशन गोबिन्द श्रेष्ठले केही दिन अघि साल्ट ट्रेडिङकै हजारौँ कित्ता सेयर बेचेका थिए, जुन नियमविपरितको कार्य हो ।

कम्पनीका भएको शंकास्पद कारोबारको बारेमा बोर्डले पनि छानबिन सुरु गरेको बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले पुष्टी गरेका छन् । श्रेष्ठका अनुसार बोर्डमा साल्ट ट्रेडिङ कर्पोरेशनको गैर कानुनी कारोबारको विषयमा उजुरीसमेत परेको छ । ‘सोही उजुरीका आधारमा बोर्डले पनि छानबिन अगाडि बढाएको छ ।’- उनले भने ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी