काठमाडौं । सत्ता गठबन्धनका ९ दलमध्ये ८ दलका थप १२ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ८ दलका १२ जना मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा. प्रकाशसरण महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दै शपथ लिएका हुन् ।
यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नेसपाका महिन्द्र राय यादवले महिला बालबालिका, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकासको रुपमा शपथ लिएका छन्् । यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्