×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई पूर्णता दिनेबारे गठबन्धन दलहरुको बैठक बस्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारलाई पूर्णता दिनेबारे गठबन्धन दलहरुको बैठक बस्दै

Artha Sarokar

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आईतबार सरकारलाई पूर्णता दिनेबारे सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । आईतबार बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको बुझिएको छ । यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले भने तत्काल सरकारमा सहभागी बताइसकेका छन् । प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन् ।

शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी