काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५७ कम्पनीको ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, खप्तड लघुवित्त वित्तिय संस्था, मनकामना समार्ट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र ८.५ % बिओके डेभेन्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, युनिभर्सल पावर र छिमेक लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । बोटलर्स नेपालमा यस्तो गिरावट आउँदा सीवाईसी नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्