×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २६.४७ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३३ करोडमाथिको कारोबार

PRIME CA

बिहिबार २६.४७ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३३ करोडमाथिको कारोबार

१८ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५७ कम्पनीको ३६ लाख ५७ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८ सय ५४ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा युनिक नेपाल लघुवित्त वित्तिय संस्था, बोटलर्स नेपाल(तराई) लिमिटेड, लक्ष्मी उन्नति कोष, समलिंग पावर कम्पनी र कालिका पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८ सय ५४ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, नबिल बैंक लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी र शिव श्री हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएमई लघुवित्तमा यस्तो गिरावट आउँदा स्वाभिमान लघुवित्त वित्तिय संस्था, नदेप लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-१ र सनराइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: