काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का आइतबार कुल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा युनिक नेपाल लघुवित्त वित्तिय संस्था, एनएमबि ५०, एनआइबिएल प्रगति फण्ड, ८.५% सानिमा डेबेन्चर २०८७ र समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर लिमिटेड, नबिल बैंक लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा आदर्श लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्