Skip to content
LAXMI SUNRISE BANK

नेपालका सेयर लगानीकर्तामध्ये ८३ प्रतिशत ‘ट्रेडर’, ‘१३ प्रतिशतले मात्र गर्छन् दीर्घकालीन लगानी’

अर्थ सरोकार

काठमाडौँ । नेपालका सेयर लगानीकर्तामध्ये ८३ प्रतिशत लगानीकर्ता ट्रेडर अर्थात अल्पकालीन लगानीकर्ता रहेको खुलेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकले यस्तो तथ्य देखाएको हो । हाल १ बर्षभित्र कुनै पनि सेयर किनेर बेचेको खण्डमा ७.५ प्रतिशत क्यापिटल गेन ट्याक्सको रुपमा कर तिर्नुपर्ने व्यवस्था छ भने १ बर्षभन्दा पछि सो सेयर बेचेमा ५ प्रतिशतमात्र कर तिरे हुने व्यवस्था छ । यहि व्यवस्थाका आधारमा सीडिएससीले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याएको हो ।
पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कुल ८३ प्रतिशत लगानीकर्ताले एक बर्षभित्रै किनेको सेयर बेचेका छन् ।यसरी सेयर छिटो बेच्नेमा नयाँ लगानीकर्ता बढी छन् भने बजारमा कहलिएका ट्रेडरहरु पनि छन् । १ बर्ष पछि मात्रै सेयर बेच्नेमा कतिपय निष्क्रियप्राय:भएका लगानीकर्ताहरु पनि छन् ।
पछिल्लो बुल बजारपछि नेपालमा अल्पकालीन लगानीकर्ता अर्थात ‘ट्रेडर’ ह्वात्तै बढेको पाइएको छ । यस्ता ट्रेडरहरुले घटीमा खातामा आएकै दिन कारोबार समय परेमा सेयर बेचिहाल्ने गरेको समेत पाइएको छ भने झण्डै १५ दिन देखि १ महिना बीचमा सेयर बेच्ने गरेको पाइएको छ ।
‘बजारको अवस्था हेरेर सेयर किन्ने र बेचिहाल्ने लगानीकर्ताहरु बढेको देखिएको बजारमा सेयर राख्नेहरु भने केहि पूराना लगानीकर्ता र प्राय:निष्क्रिय बनेका लगानीकर्ताहरु छन्।’ सिडीएससीका एक अधिकारीले अर्थ सरोकारसँग भने- ‘सरकारले लामो समय सेयर राख्नेहरु बढ्छन् भन्ने सोचेर दीर्घकालीन सेयर लगानीकर्ताहरुका लागि कम करको नीति ल्यायो, तर बजारमा भने ट्रेडरहरु नै बढी भए ।’
यता सेयर बजारका जानकारहरु पनि पछिल्लो समय बजारमा प्रवेश गरेका नयाँ सेयर लगानीकर्ताहरुले लहैलहैमा छिटोछिटो सेयर बेच्ने गरेको बताउँछन् । छिट्टै आत्तिने र मातिने प्रवृति हाबी हुँदा बजारमा दीर्घकालीन लगानीकर्ता कम हुँदै गएको उनीहरुको तर्क छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK