×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा उच्च अंकको वृद्धि, सबै उपसूचकमा हरियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजारमा उच्च अंकको वृद्धि, सबै उपसूचकमा हरियाली

Artha Sarokar

२५ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३ सय १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा नेपाल इन्स्योरेन्स कम्पनी, शिब श्री हाइड्रोपावर, अभियान लघुवित्त वित्तिय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट र अजोड इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३ सय १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, अरुण काबेली पावर, नबिल बैंक, शिब श्री हाइड्रोपावर र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्टमा यस्तो गिरावट आउँदा ८.७५% प्राइम डेबेञ्चर, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२ र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी