×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ५.३२ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब १४ करोडमाथिको कारोबार

PRIME CA

बिहिबार ५.३२ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब १४ करोडमाथिको कारोबार

२ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २५८ कम्पनीको ३४ लाख २ हजार २ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहीबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा शुभम् पावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, किसान लघुवित्त वित्तिय संस्था, विन नेपाल लघुवित्त वित्तिय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर र सानिमा माई हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी लघुवित्तमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: