×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ६.९० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६ करोडमाथिको कारोबार हुँदा नेप्से १९२६.४० बिन्दुमा

PRIME CA

आइतबार ६.९० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६ करोडमाथिको कारोबार हुँदा नेप्से १९२६.४० बिन्दुमा

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २५९ कम्पनीको ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड १० लाख ९८ हजार ६ सय ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा युनिक नेपाल लघुवित्त वित्तिय संस्था, शुभम् पावर लिमिटेड, ग्रिन भेन्चर लिमिटेड, एनआइबिएल सम्वृद्धि फण्ड-२ र खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड १० लाख ९८ हजार ६ सय ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक लिमिटेड र शुभम् पावर लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैगरी आइतबारको सेयर बजारमा सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा ग्रोथ फण्डमा यस्तो गिरावट आउँदा सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: