काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त, मानुषी लघुवित्त, बिन्ध्यबासिनी हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सपोर्ट माइक्रोफाइनान्समा यस्तो गिरावट आउँदा स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त वित्तिय संस्था र लक्ष्मी इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्