काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा माया खोला हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था, एनएमबि-५०, स्वाभिमान लघुवित्त वित्तिय संस्था, इस्टर्न हाइड्रोपावर र नेस्डो सम्बृद्ध लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक, शिवम् सिमेन्ट र नेपाल रिइन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । बोटलर्स नेपालमा यस्तो गिरावट आउँदा सानिमा ग्रोथ फण्ड, धौलागिरी लघुवित्त वित्तिय संस्था, मानुषी लघुवित्त वित्तिय संस्था र न्यादी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्