काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २५९ कम्पनीको ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ७६ लाख ८४ हजार ८ सय ६८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा माया खोला हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा एशियन हाइड्रोपावर, सिद्धार्थ बैंक लिमिटेड, बोटलर्स नेपाल(तराई), लिबर्टी एनर्जी कम्पनी र कालिन्चोक दर्शनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ७६ लाख ८४ हजार ८ सय ६८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिद्धार्थ बैंक, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक, शिवम् सिमेन्ट र ज्योति विकास बैंक प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिक नेपाल लघुवित्तमा यस्तो गिरावट आउँदा श्रीजन्शील लघुवित्त, खप्तड लघुवित्त वित्तिय संस्था, शुवम पावर लिमिटेड र एनआइसी एशिया बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्