काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार तुलनामा नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा एसियन हाइड्रोपावर, कालिन्चोक दर्शन, अजोड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तिय संस्था र अपर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा जीवन विकास लघुवित्त, नबिल बैंक, एनआइसी एशिया बैंक, शिव श्री हाइड्रोपावर र शिवम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नेशनल माइक्रोफाइनान्समा यस्तो गिरावट आउँदा जाल्पा सामुदायिक लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था, महुली लघुवित्त र उपकार लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्