काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३ करोड ५६ लाख ९५ हजार ८ सय ६६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा कालिन्चोक दर्शन, धौलागिरी लघुवित्त वित्तिय संस्था, स्वाभालंबन लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-२ र राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३ करोड ५६ लाख ९५ हजार ८ सय ६६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एशियन हाइड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । खप्तड लघुवित्तमा यस्तो गिरावट आउँदा एनएलजी इन्स्योरेन्स, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, सुर्यज्योति लाइफ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्