×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १०.८७ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहिबार १०.८७ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २५४ कम्पनीको २७ लाख ५० हजार ६ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५८ हजार १ सय ९९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहीबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-२, कालिन्चोक दर्शन लिमिटेड, आरएसडिसी लघुवित्त वित्तिय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी र कुमारी इक्वटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५८ हजार १ सय ९९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, जीवन विकास लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया बैंक, नबिल बैंक र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । आदर्श लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र बिशाल बजार कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी