काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १२.४१ अंकले बढेर १९१८.४१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २५८ कम्पनीको ४० लाख ७७ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड १५ लाख १३ हजार २ सय ५३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा श्रीजनशिल लघुवित्त, एसियन हाइड्रोपावर, महिला लघुवित्त वित्तिय संस्था, नेरुडे लघुवित्त वित्तिय संस्था र किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड १५ लाख १३ हजार २ सय ५३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, अपि पावर कम्पनी र नेपाल रिइन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । तेर्हथुम पावर कम्पनीमा यस्तो गिरावट आउँदा मितेरी डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, ८.५% लक्ष्मी बैंक डेबेञ्चर २०८८ र बाराही हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्