×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १४.४१ अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

मंगलबार १४.४१ अंकले बढ्यो नेप्से परिसूचक

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २६१ कम्पनीको ४० लाख ५९ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबार सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा सुपर मादी हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, इमेर्जिंग नेपाल लिमिटेड, स्वाभिमान लघुवित्त वित्तिय संस्था र बिशाल बजार कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको  सेयर बजारमा सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तियका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सीवाईसी नेपाल लघुवित्तमा यस्तो गिरावट आउँदा नबिल इक्विटी फण्ड, समिट लघुवित्त वित्तिय संस्था, कुमारी धनाब्रिद्धि योजना र समलिंग पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: