काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा पुगेको हो । आइतबार कुल २६० कम्पनीको ४७ लाख ७२ हजार १ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा नबिल डेबेञ्चर २०८५, युनिक नेपाल लघुवित्त वित्तिय संस्था, नादेप लघुवित्त वित्तिय संस्था, गरिमा डेबेञ्चर २०८५ र ११% एनआइसी एशिया डेबेञ्चर ०८२/८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेपाल इन्फ्राइस्ट्रकचर बैंक, ङ्गादि ग्रुप पावर र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । १२% गुडविल फाइनान्समा यस्तो गिरावट आउँदा हिमालयन बैंक लिमिटेड, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त वित्तिय संस्था र आदर्श लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्