×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सञ्चालक समितिको चुनाव : लगानीकर्ताको गोपनीयताको हकमाथि धावा किन ?’ शिवचन्द्रको विचार

दिउँसो अकस्मात फोन आयो, ‘सर नमस्कार, सरसँग फलानो कम्पनीको यति कित्ता सेयर रहेछ, सरको साथीहरु र कम्पनीसँग पनि यति कित्ता सेयर रहेछ, हाम्रो मान्छे सञ्चालकमा उठ्दैछन् प्रोक्सी दिएर सहयोग गरिदिनु पर्यो ।’

प्रतिउत्तरमा म केहि नबोली लाइन काटीदिएँ ।

कुनै पनि कम्पनीका सेयरधनीहरुको उदेश्य कम्पनीको नाफा वा घाटामा मात्र समावेश हुने नभई उनीहरूको अर्को एउटा ठूलो कर्तव्य पनि रहेको हुन्छ । कम्पनीको लागि आवश्यक सञ्चालकहरु संस्थापक तथा साधारण दुवै समूहबाट चुनिने हुन्छन् । जसमा सेयरधनीहरूको सेयर संख्यालाई नै भोटको रुपमा लिइन्छ । तसर्थ संस्थागत शुशासन तथा पारदर्शिताको लागि लगानीकर्ताहरुले आफ्नो कर्तव्य सम्झेर उचित ठाउँमा उचित व्यक्तिलाई रोज्नु जरुरी हुन्छ ।

लामो समयदेखि यस विषयमा विकृति नै प्रवेश गरेको छ । संस्थाको हितका लागि नभई सीमित झुण्डको स्वार्थको लागि यहाँ केही व्यक्ति तथा समुहहरु मिलेर प्रोक्सी बटुल्ने, र उस्तै परे मोलमोलाई गर्दै प्रोक्सी किनबेच समेत हुने गरेको सुनिन्छ । यस्तो गतिविधिबाट सञ्चालक चुन्नुको अर्थ कम्पनीको हित नभई व्यक्तिगत स्वार्थ पुरा गर्नु मात्र रहेको प्रष्ट हुन्छ ।

अर्को महत्वपूर्ण कुरा, सञ्चालकमा उठेका पहुँचवालाहरुले पहिलेदेखि नै सम्बन्धित कम्पनीको सेयर लगत झोलामा बोकेर सम्बन्धित सेयरधनीलाई प्रभावमा पार्ने प्रयास गर्ने गरेको पाईन्छ । जुन सरासर लगानीकर्ताको गोपनीयताको हक विपरितको कार्य हो । यस विषयमा नियामक लगायत सम्बन्धित सरोकारवाला निकायको तुरुन्तै ध्यान जानु जरुरी छ ।

आफुले लगानी गरेको कम्पनीको हित सोच्ने लगानीकर्ताले यस विषयमा गम्भीर हुँदै आफ्नो मतको सक्दो सदुपयोग होस् भनेर कदम चाल्न ढिला भइसकेको छ  । सम्बन्धित सबैको ध्यान जाओस्
जय लगानी, जय लगानीकर्ता ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: