Skip to content
LAXMI SUNRISE BANK

‘असुरक्षित’ देखिएपछि श्री एयरलाइन्सका सबै जहाज उडानमा रोक, इञ्जिन फेल भएको विषयमा छानविन गर्न समिति गठन !

अर्थ सरोकार

काठमाडौं । ‘असुरक्षित’ देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । शुक्रबारबाट लागु हुनेगरी प्राधिकरणले यस्तो निर्णय गरेको हो । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका कुनै पनि जहाज उडाउन नपाउनेगरी जहाज ‘ग्राउन्डेड’ गराउने निर्णय गरेको हो ।

बिहीबारको घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड हुनेछन् । प्राधिकरणले कम्पनीलाई यसविषयमा गरेको निर्णयसहितको पत्र काटेर जानकारी गराएको छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।

सार्है गम्भीर इस्यु भए पनि कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK