×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर किन्दा के-के कुरामा ख्याल गर्ने ? कस्तो किन्ने ?, कस्तो नकिन्ने ?’, सेयर गुरु सुबासचन्द्र भट्टराईका टिप्स

१) सेयर बजार सल्लाह सल्लाहको बजार हो । हल्ला हल्लाको बजार होईन । (अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बोर्ड , नेप्से , लगानीकर्ताको संगठन हल्ला मात्र गर्छन । बजारमैत्रीपूर्ण नीति बनाउने, काम गर्ने सल्लाह गर्दैनन्।)
२) सेयर बजार लगानी गर्ने प्लेटफर्म हो, क्यासिनो जस्तो जुवा घर होईन ।
३) सेयर बजारले मुद्रास्फीतिलाई बिट गर्दछ । संसारका सबै अर्वपति सेयरबजारमा गरेको लगानीका कारण त्यहि सेयरको मूल्य बढेर अर्वपति बनेका हुन् भन्ने बिर्सनु हुँदैन ।
४) सेयर बजारको अन्त्यको परिकल्पना गरिएको छैन । अनेपेक्षित नाफाको आशाको केन्द्रविन्दु हो सेयर बजार ।
५) सेयर शिक्षा पढेर सकिने विद्या होइन । नीतिनियम समयअनुसार बदलिदैन जान सक्छ । अनुभव हासिल गर्दै अगाडि बढ्ने थलो हो सेयर बजार ।
६) नयाँ लगानीकर्ताको पहिलो व्यापार सेयर बजार होइन, बरु आफ्नो सहायक सम्पत्ति बढाउने व्यापार हो । आई पीओ नछुटाईकन विस्तारै लगानी बढाउने थलो हो सेयर बजार ।
७) सेयर बजार घ्यु हो बिस्तारै लाग्छ, खाना साथ लाग्ने रक्सी होइन ।
८) सांसारको २० वटा जति बाहेक सबै देशमा सेयर बजार छ । भारतभन्दा ११२ बर्ष पछि खुलेको चीनको बजार भारतभन्दा ठूलो पूँजीकरणको पुजिकरणको छ । अर्थात तपाईं सेयर बजार पछाडी प्रवेश गरे पनि पुराना भन्दा राम्रो अनि धेरै कमाउन सकिने ठाउँ हो सेयर बजार।
९) निराशावादीको लागि सेयर बजार होइन । बरु आशावादीका लागि केन्द्र हो सेयर बजार ।
१०) एकजनाको सोचले खुलेको कम्पनीले लाखौं जनालाई आर्थिक समृद्धि ल्याईदिने क्षेत्र हो सेयर बजार । त्यसैले धनीलाई नकारात्मक भावनाले हेर्नुहुँदैन । उनीहरुसँगै प्रगति गर्ने हो भनेर अगाडि बढ्नुपर्दछ।
११) आफ्नो कुल सम्पत्ति जति छ, त्यसको ८०-९०% सम्पत्तिले कमाउने सम्पत्तिमा लगाउनु भयो भने तपाईंको आर्थिक प्रगति हुनेछ । (महँगो मोबाईल, घडी, दराज, सुन, सवारी साधन, आवसीय घरभन्दा कमर्सियल सेयरऋणपत्र, म्युचुअल फण्ड, एसआईपी, मुद्द्ती, बचत, जीवन बिमा, कृषि जमिन, मेसिनरी औजार , पशु पालन, नै उत्तम हो ।
१२) सेयर किन्दा किनेपछि ‘म राती निदाउन सक्ने कम्पनीको सेयर खरिद गर्छु।’ भन्ने ख्याल गर्नुपर्छ ।
१३) सेयर जोखिम लगानीको क्षेत्र हो, यहि जोखिमबाट उच्च मुनाफा कमाउन सकिन्छ ।
कुन शेयर किन्ने ? भन्ने कुरा धेरै कुरामा भर पर्छ
– लगानीको समय र आशा गरेको प्रतिफल
– लगानीको उद्देश्य
– रिस्क लिन सक्ने क्षमता
– तपाईसंग भएको ज्ञान र धैर्यता
– लगानी योग्य रकम र लगानीको लागत
– तपाइले शेयर मार्केटमा दिन सक्ने समय
— दवाब थेग्ने
लगानीको समय, उद्देश्य र आशा गरेको प्रतिफलले कस्तो सेयर किन्ने भन्ने निर्धारण गर्छ ।
तपाईंको लगानी अल्पकालीन हो भने आधारभूत पक्ष भन्दा पनि टेक्निकलको तालिम लिएर गर्नु भयो भने राम्रो प्रतिफल हुन सक्छ । शतप्रतिशत नमिले पनि मानवीय व्यवहार बुझने राम्रो माध्यम टेक्निकल एनालिसिस हो ।
तर नेपाली बजारको डाटा सिस्टम र र्युमर केन्द्रीत कारोबारले टेक्निकल एनलाईसिसलाई धेरजसो फेल खुवाउने गरेको छ । यद्यपि बजार ब्यवस्थित हुदैजादा यो पनि भरपर्दो हुँदै जान्छ ।
-समाचारको भरमा कारोबार गर्ने सोच्दै हुनुहुन्छ भने खातामा शेयर आउन कति समय लाग्छ, कति मूल्य बढ्छ, र कति सप्लाई आउन सक्छ पनि विचार गर्नु होला ।
नेपाल धितोपत्र बोर्डले भित्री कारोबारमा लगाम लगाउन नसकेको कारणले गर्दा राम्रा भनिएका कम्पनीमा पनि फस्न सक्ने सम्भावना नकार्न सकिदैन ।
– कर्नरिङ गरेर फन्डामेन्टल सपोर्ट नभएका कम्पनीहरुको कृतिम कारोबारले प्राबिधिक बिश्लेषणलाई प्रभावित पारिरहेका छन् । यसबाट जोगिनुपर्छ ।
– नियामकमा बस्नेहरु नै ठुला लगानीकर्ता हुँदा पोलिसी करप्सनले इन्साइडर कारोबारलाई फराकिलो बनाइरहेको छ । यसमा पनि ध्यान दिनुपर्छ ।
-आधारभूत पक्ष राम्रो नभएको कम्पनि ‘ट्रेड’ गर्न भनेर किनेर घट्यो भनेर इन्भेस्टमेन्टको रुपमा परिवर्तन नगर्नुहोला। ‘प्रोपर स्टप लस’ लगाएर मात्र कारोबार गर्नु होला । त्यस्ता स्टकहरु बढ्दाभन्दा धेरै स्पिडमा घट्ने गरेको हुन्छन् ।
– एक हप्ता, एक महिनामा यति नाफा कमाउँछु भन्ने उद्देश्य राख्नुहुन्छ भने, त्यति नै गुमाउन पनि तयार हुनुपर्छ ।
-फेसबुक र भाईबर ग्रुप तथा क्लब हाउसमा सुनिने विज्ञ-बिश्लेषक र खेलाडी भनाउँदाका कुरा त सुन्न त सुने हुन्छ तर उनीहरुले बोलेको दिएको सुचनाको ‘भेरीफाई’ गर्नुस । उनीहरुले ‘पम्प’ गरिसकेका स्टक ‘डम्प’ गर्नका लागि ‘मुर्गा’ खोजिरहेका पनि हुन सक्छन् ।
– दिर्घकालीन लगानीको लागि सेयर किन्ने गरौँ । नगद तरलताको ब्याकअप राख्नु राम्रो हुन्छ ।
– दिर्घकालीन लगानी गर्दा जहिले पनि राम्रो स्टक फिल्टर गरेर लिने गर्नुपर्छ ।
– सकेसम्म ऋण लिएर लगानी नगर्नु होला ।
तर ऋण लिएर लगानी गरेपनि कम्पनीले दिने लाभांशले ब्याज खर्च धान्न सक्छ भने ढुक्क भएर गरे हुन्छ । त्यसैले नियमित लाभांश दिइरहेका र मध्यम पूँजी (पूँजीवृद्धिको आवश्यकता भएका) कम्पनीहरु छान्दा बेस हुन्छ ।
जय सेयर बजार ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: