श्रीमान गभर्नर, तथा बैंकर संघका अधिकारीज्यूहरु
विषयः जानकारी सम्बन्धमा
महोदय,
उपरोक्त सम्बन्धमा तपाईंहरुलाई देशका आर्थिक समस्याकाबारे सबै कुरा अबगत छँदैछ । कोभिडको विषम परिस्थितिमा ब्यापार नभएर पैसा बैंकमा जम्मा भयो । जम्म्मा भएको पैसा ऋण लगानी नगरी मुनाफा हुँदैन भनेर केही सहुलियत ब्याजमा ऋण लगानी गर्नुभयो ।त्यो बेलाको नीति पनि ऋऋम् मा थियोे । जब कोभिड सकियो, पैसाको आवश्यकता पर्यो, अनि नीति ऋऋम् बाट ऋम् मा आयो ।
पैसाको श्रोत हामीले रेमिट्यान्सको विकल्प पनि खोजेका छैनौँ । १२ कक्षासम्म पनि पैसा , बचत , लगानी , ब्यापार आदि ईत्यादीको पाठ पनि छैन । १० कक्षासम्म प्राविधिक बिषयको शिक्षा पनि लिन पाएका जनता छैनन् । आम मानिसले यदि ब्यापार गर्दैछन् भने त्यो उनीहरुको प्रहिलो पुस्ता नै हो । मन्दीको परिकल्पना वा मन्दीको अनुभव नगरेका पनि हुन सक्छन् ।
भुसको आगो सल्केको छ । १ काटी सलाईले १ ठूलो जङ्गल सल्कन सक्छ । आज नै झिल्को निभाउन आवश्यक देखेको छु । यदि सुरुमै यस्ता हेर्दा देख्दा अराजक लागेता पनि आम मानिसको समस्या पनि हो भनेर बेलैमा सोच बिचार गर्न सकिएन भने अर्थतन्त्र, देश, समाज रहँदैन ।
तपशीलका बुँदाले अहिले राहत र दीर्घकालीन समाधान निकाल्छ जस्तो मलाई लाग्छ।
१) बचत र मुद्दती बिचको ५ % अन्तर हटाउने । किनकी, ब्याजका लागि बचत खाता खोलिदैन । ब्याज खान मुद्द्द्ती खाता खोल्ने हो ।
२) संस्थागत लगानीकर्तालाई ९ महिनासम्मको ब्याज ७ प्रतिशत कायम गर्ने
क) १ बर्षदेखि २ बर्षसम्म ७.५ प्रतिशत,
ख) २ बर्षभन्दा माथि ८ प्रतिशत ब्याज कायम गरौँ ।
३) ब्यक्तिगततर्फ १ बर्षसम्मका लागि ८%, २ बर्षका लागि ८.६५ र ५ बर्ष माथि ९ प्रतिशत कायम गरौँ ।
यदि ब्याजदर घटाउन नचाहने हो भने ल्एीले डाँडा कटाउन सक्छ । ऋण तिर्ने ऋणीहरुको स्रोत सुक्दै गएको पनि छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्