×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेभलपमेण्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डेभलपमेण्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Artha Sarokar

३ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एसोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठ लगाएत अन्य पदाधिकारीहरुलाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष श्रेष्ठसहित महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ रामकुमार गिरी सचिव, लुम्विनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यक्ष चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ डा. इन्द्र कट्टेल चयन भएका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एसोसियसनको १७ औं वार्षिक साधारण सभाले आव २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी