×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तुलसी सहकारी प्रकरण: अध्यक्ष खोज्दै प्रहरी, सिए चन्द पक्राउ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तुलसी सहकारी प्रकरण: अध्यक्ष खोज्दै प्रहरी, सिए चन्द पक्राउ !

८ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारीको रकम अपचलन गरेको भन्दै प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका सिए सितल चन्दलाई पक्राउ गरेको छ । विराटनगर ३ मा मुख्य कार्यालय रहेको सो सहकारीको रकम अपचलन गरी फरार भएका चन्दलाई पक्राउ गरिएको हो ।

सहकारीको रकम अपचलन गरेर फरार रहेको सूचनाका अधारमा खोजीकार्य गर्दै जाँदा उनलाई विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रन्जन कुमार दाहालले जानकारी दिएका छन् । डिएसपी दाहालका अनुसार सिए चन्दसँगै यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिन सविना न्यौपानेलाई ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

सहकारीका सञ्चालकविरुद्ध उजुरी दिनेहरु बढे
यसो त पछिल्लो समय सहकारी भाग्ने क्रम दिन दुई गुणा र रात चौगुणा बढिरहेको छ । यसैबीच रकम अपचलन गरेर अध्यक्ष नै फरार रहेको तुलसी सहकारीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेसँगै उनीहरुविरुघ उजुरी दिनेहरु पनि बढेका छन् ।

डिएसपी दाहालका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिने बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । ‘सञ्चालकलाई पक्राउ गरेसँगै यो केसमा उजुरी दिनेहरु पनि बढेका छन् । हालसम्म झण्डै १५ सय हाराहारीमा उजुरी परेको छ । हालसम्म परेको उजुरीका आधारमा संस्थामा करिब ५० करोड रुपैयाँ ठगी भएको पाइएको छ ।’, उनले भने, ‘दैनिक सयौँको संख्यामा बचतकर्ताहरु उजुरी दिन आईरहनु भएको छ । यो क्रम अझै बढ्दैछ ।’

सहकारीका अध्यक्ष फरार
बचतकर्ताको करोडौँ रकम अपचलन भएको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै पनि फरार रहेका छन् । रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष शर्मासहित ८ जना संचालकविरुद्ध ठगी मुद्धामा जाहेरी दर्ता गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका अध्यक्ष शर्माको खोजीकार्य भईरहेको छ ।

सहकारी झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन बटा सेवा केन्द्रमा गरी २१ हजार ७१३ सदस्य रहेका छन् सहकारीले सबै सेवा केन्द्रमा गरी करीव रु एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने अनुमान प्रहरीको रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: