×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा भेटियो नक्कली नोटको कारखाना, ५ किलो मैदा र १ लिटर तेलले खोल्यो जाली कारोबारको रहस्य

PRIME CA
GLOBAL IME BANK

ललितपुरमा भेटियो नक्कली नोटको कारखाना, ५ किलो मैदा र १ लिटर तेलले खोल्यो जाली कारोबारको रहस्य

१६ बैशाख २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललितपुरमा नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । ललितपुरको गोदावरी नगरपालिका १३ भरुवाराशीबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका ११ घर भई झरुवाराशी बस्ने ३६ वर्षीय सरेश तामाङ (जीवन) र कास्की मादी गाउँपालिका १ का २१ वर्षीय भुपाल विक रहेको जिल्ला प्रहरी परिसर ललिपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) भुवनेश्वर साहले बताएका छन् । शाहका अनुसार उनीहरु दुवैजनालाई नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

‘पक्राउ परेका जीवनले ५ किलो मैदा र दुई लिटर खाने तेल लिएपछि किराना पसलमा एक हजार रुपैयाँको नक्कली नोट दिएका रहेछन् ।’, उनले भने, ‘पसले सञ्चालकले नक्कली नोट भन्ने थाहा पाउने बित्तिकै हामीलाई खबर गर्नुभएको थियो । खबर पाउनासाथ प्रहरी टोलिले जीवनलाई पक्राउ गरेको हो ।’ जीवनको साथबाट एक हजार, पाँच सय र एक सय दरका एक–एक वटा नक्कली नोट बरामद गरेको डिएसपी साहले बताएका छन् ।

पक्राउ परेका जीवनमाथि जाली मुद्रासम्बन्धी कसुरमा अनुसन्धान गर्दा सो कारोबारमा भुपालको पनि संलग्नता रहेको खुलेको थियो । सोही अनुसार शुक्रबार भुपाललाई पनि प्रहरीले गोदावरी–११ बज्रबाराहीबाट पक्राउ गरेको हो । उनको साथबाट पनि पाँच सय र एक सय दरका एक–एक वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुपालको डेराबाट प्रिन्टरसहित थप एक हजार, पाँच सय र एक सय दरका नोट बनाउन फोटोकपी गरिएका कागजहरू पनि बरामद गरिएको छ । यद्यपी उनीहरूले नक्कली नोटको कारोबार कहिलेदेखि सुरु गरे भन्ने बारे भने नखुलेको डिएसपी साहले बताएका छन् ।

उनीहरुले नक्कली नोट बनाउँदै बजारमा पठाएको पाइएकोले थप नक्कली नोट सर्वसाधारणले अन्जानमा प्रयोग गरिरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यसअघि प्रहरीले धनुषामा ठूलो परिमाणमा नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको थियो । प्रहरीले धनुाषको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई साढे सात लाख नक्कली नोटसहित पक्राउ गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: