×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी ८ करोड घोटाला प्रकरणः सन्तोष थापासहित ३ हाकिम निलम्बनमा, कुनै कारोबार नगर्न आन्तरिक सर्कुलर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार

PRIME CA
laxmi sunrise bank

आरम्भ चौतारी ८ करोड घोटाला प्रकरणः सन्तोष थापासहित ३ हाकिम निलम्बनमा, कुनै कारोबार नगर्न आन्तरिक सर्कुलर !

काठमाडौं । नक्कली ऋणी खडा गरी ८ करोड बढी रकम अपचल गर्ने आरम्भ लघुवित्त वित्तीय संस्थाका मेनेजर पक्राउ परेको प्रकरणमा कम्पनीका हाकिमहरु पनि तानिएका छन् । नुवाकोटको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरी मुद्धा दर्ता भएको अवस्थामा यो घटनासँग जोडिएका ३ हाकिमसमेत निलम्बनमा परेका हुन् । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

निलम्बनमा पर्नेहरुमा जोखिम व्यवस्थापन विभाग प्रमुख युवराज शर्मा पौड्याल, संचालन विभाग प्रमुख सन्तोष थापा, र जनशक्ति व्यवस्थापन सहायक कमल बराल छन् । कम्पनीले आफ्ना कर्मचारीलाई पत्राचार गर्दै उनीहरुलाई सम्पर्क नगर्न र कुनै अफिसियल कारोबार नगर्न समेत निर्देशन दिएको छ ।

उनीहरुलाई निलम्बन गर्दै कम्पनीले संचालन विभागको जिम्मा रिसव थापा र कर्जा विभागको जिम्मा ख्यामकान्त अर्याललाई दिएको छ । यस्तै कम्पनीले असुली तथा आन्तरिक लेखा परिक्षण विभागको जिम्मा बिमल खनाललाई दिएको छ ।

यो कम्पनीभित्र यस्ता थप घोटालाका घटनासमेत भएको दाबी स्वयम् कर्मचारीहरुले गरेका छन् । कम्पनीभित्र यस्ता घोटाला अरु पनि भएको शंकापछि नेपाल राष्ट्र बैंकले पनि कम्पनीका काम कारवाहीलाई सुक्ष्म निरीक्षण गर्न सम्बन्धितलाई निर्देशन दिईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: