काठमाडौं । खराब मौसमका कारण काठमाडौं-पोखरा उडान अवरुद्ध भएको छ । बिहीबार एकाएक पोखराको मौसममा खराबी आएसँगै सबै उडान रद्ध गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
काठमाडौं–पोखराको लागि बिहीबार दिउँसो १२ः१० बजेदेखिका सम्पूर्ण उडान रद्ध गरिएसँगै यात्रुहरु अलपत्र परेका छन् ।
बिहीबार काठमाडौंदेखि पोखराका लागि १५ वटा उडान रहेको थिए । जसमध्ये मध्यान्न १२ बजेसम्म सात वटा उडान भएका थिए । तर, खराब मौसमका कारण १२ बजेपछिका सबै उडान अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ ।
उडानका लागि ३ हजार ८ सय भिजिबिलिटी चाहिने भए पनि खराब मौसमका कारण हाल पोखराको भिजिबिलिटी दुई हजार मात्रै रहेको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंदेखि पोखराका सम्पूर्ण उडान रोकिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्