काठमाडौं । एनआईसी एशिया बैंकलाई ‘चोर, फटाहा’ भनेपछि चार्टर्ड एकाउन्टेन्ट अजय चौरासियाविरुद्ध साइबार क्राइममा उजुरी परेको छ । बैंकले विभिन्न बाहनामा दुःख दिएको भन्दै चौरासियाले बैंकप्रतिको ‘भडास’ पोख्दै सामाजिक सञ्जालमा ‘चोर, फटाहा’ भनेपछि बैंकले उनीविरुद्ध साइबर क्राइममा उजुरी दिएको हो ।
अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा बोल्दै चौरासियाले बैंकले आफूविरुद्ध उजुरी दिएको पुष्टी गरे । ‘म आफैमा एउटा चार्टर्ड एकाउन्टेन्ट हो, र कुनै समय एनआईसी एशिया बैंकमा काम समेत गरेको छु । तर, बैंकले ऋणीहरुलाई अनेक बाहनामा दुःख दिएको छ, ठगेको छ ।’, उनले भने, ‘अनि बैंकले गरको गलत कामको विरोध गर्दा म माथि उजुरी हालियो । म एक्लैको समस्या भएको भए बसेर सल्टाउथेँ होला तर हजारौँ ऋणीहरु मर्कामा परेका छन् । त्यसैले खुला रुपमा विरोध गरेको हुँ ।’
तर, तपाईले त बैंकविरुद्ध साह्रै तुच्छ शब्द नै प्रयोग गर्नुभएको थियो नि, त्यो गलत होइन ? भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने- ‘हो, एनआईसी एशिया बैंकलाई मैले ‘चोर-फटाहा’ भनेकै हो । तर, त्यसको पछाडी पनि कारण छ । कुनै समय म आफैँ एनआईसी एशिया बैंकको कर्मचारी भएर काम गरेको मान्छे हुँ । बैंकले कहिँ न कतै साह्रै गलत गरेकै भएर त मैले ‘चोर फटाहा’ भनेको हुँला नि ? म सँग प्रमाण छ, बैंकले कहाँ, कसरी ठग्यो भन्ने । म पनि मानसिक सन्तुलन गुमाएको मान्छे होइन ।’
संवादको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्