×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उर्जा आम्दानीको मुख्य स्रोत हो, विद्युतीय प्रयोग बढाएर नेपाललाई बिजुलीमय बनाउनुपर्छ’- अर्थमन्त्री महत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘उर्जा आम्दानीको मुख्य स्रोत हो, विद्युतीय प्रयोग बढाएर नेपाललाई बिजुलीमय बनाउनुपर्छ’- अर्थमन्त्री महत

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको आम्दानीको मुख्य स्रोत ऊर्जा क्षेत्र भएको बताएका छन् । ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

विगतका दिनभन्दा अहिले मुलुकले उर्जा क्षेत्रमा उल्लखनीय फड्को मारेको अर्थमन्त्रीको भनाई छ । ‘सन् ९० को दशकभन्दा अगाडि एक/दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ ।’, उनले भने, ‘मुलुकमा उत्पादन भएको उर्जाले हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ । यो निकै खुसीको कुरा हो ।’

त्यस्तै, अर्थमन्त्री महतले ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको बताएका छन् । अहिले नेपालले उर्जा क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएको बताउँदै उनले ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा उर्जाको क्षेत्रमा प्रयाप्त सम्भावना रहेकोले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ ।’, उनले भने, ‘लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।’

योसँगै नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पुर्याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री महतको भनाइ छ । ‘सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ ।’, उनले भने, ‘विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’

त्यस्तै, विद्युतको आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने र घरायसी प्रयोजनका लागि पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी