×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन, तर सतर्कता अपनाउनुपर्छ’ – अर्थमन्त्री महत

PRIME CA

‘मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा छैन, तर सतर्कता अपनाउनुपर्छ’ – अर्थमन्त्री महत

२४ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

छलफलका क्रममा अर्थमन्त्रीले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन् । ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ ।’, उनले भने, ‘खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

त्यस्तै, अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरेका छन् । ‘अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’, उनले थपे, ‘आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब रुपैयाँ राजस्व गुमेको छ ।’

पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको अर्थमन्त्रीको भनाई रहेको छ । विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको उनले बताए ।

त्यस्तै, अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताएका छन् । लक्ष्यअनुसार राजस्व सङ्कलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको रायाले उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: