×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी जुटाउने प्रयासमा अर्थमन्त्री महत: विश्व बैंकको दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षसँग टेलिफोन वार्ता

PRIME CA
GLOBAL IME BANK

लगानी जुटाउने प्रयासमा अर्थमन्त्री महत: विश्व बैंकको दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षसँग टेलिफोन वार्ता

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत लगानी जुटाउने प्रयासमा जुटेका छन् । सोही क्रममा उनले विश्व बैंकको दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता गरेका छन् ।

क्षेत्रीय उपाध्यक्ष मार्टिनसँग टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू डिपीसीको प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ ।

वार्ताका क्रममा भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानीलाई कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताइएको छ । माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा समेत छलफल भएको र क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: