काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालसँग नमिठो हार व्यहोरेका डा. विश्वनाथ पौडेलसहित आर्थिक सल्लाहकारको टिम बनाएका छन् । अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार ढकालसँग हारेर सांसद बन्न नपाएका पौडेल अवैतनिक रुपमा अर्थमा खटिने छन् ।
यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुनाकर भट्ट पनि सो टिममा रहनेछन् भने पोषराज पाण्डेले पनि विज्ञको भूमिका निर्वाह गर्नेछन् । डा. पाण्डे अन्तराष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् भने भट्ट नेपाल राष्ट्र बैंकका प्रवक्ता हुन् ।
यता, हरि ढकालसँग हारेका व्यक्तिलाई अर्थमन्त्रालयको विज्ञ सल्लाहाकारको रुपमा राखिनु जनमतकै अपमान भएको तर्क चितवनबासीले गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्