×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र सुधार्न धेरै गर्नुपर्नेछ, कर्मचारीको तलबभत्ता नै कटौती गर्ने अवस्था भने आएको छैन’- अर्थमन्त्री

PRIME CA
GLOBAL IME BANK

‘अर्थतन्त्र सुधार्न धेरै गर्नुपर्नेछ, कर्मचारीको तलबभत्ता नै कटौती गर्ने अवस्था भने आएको छैन’- अर्थमन्त्री

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

आइविएन मिडिया रिसर्चले आयोजना गरेको ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ विषयक अन्तक्रियामा उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताएका हुन् ।

हाल पनि मुलुकको अर्थतन्त्रमा कोभिडको समयको प्रभाव रहेकोले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता रहेको र यसका लागि राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । ‘हामीले समन्वय पनि गरिरहेका छौँ । राजनीतिक दलमा पानी बाराबारको अवस्था छैन, सबैसँग कुरा हुन्छ, अर्थतन्त्रका विषयमा सबैको एउटै भूमिका हुन्छ ।’, उनले भने, ‘विगतमा हामीले पूँजीगत खर्च प्रभावकारीरूपमा प्रवाह गर्न सकेनौँ । आगामी दिनमा यसलाई समाधान गर्नेछौँ । सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन । अरु साधारण खर्च पुनरावलोकन गर्न सकिन्छ ।’

त्यस्तै, अर्थमन्त्री महतले एक महिनामा नै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबैको सल्लाह लिएर बजेट निर्माण गर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: