काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।
अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावादबीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा पार्टीका कार्यकर्तासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
त्यस्तै, नेता भट्टराईले केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने जिकिर गरेका छन् ।
अहिले नेपालले श्रम निर्यात र वस्तु आयात गरिररेले थप समस्या सिर्जना हुन सक्ने सम्भावना रहेको उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्