×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सारे पनि हामीलाई आपत्ति छैन’ – मेयर बालेन

PRIME CA
GLOBAL IME BANK

‘काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सारे पनि हामीलाई आपत्ति छैन’ – मेयर बालेन

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबार अन्तै सारे पनि आफूहरुलाई आपत्ती नहुने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबार अरु पालिकामा सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताएका हुन् ।

पछिल्लो चार दिनदेखि सिंहदरबार, राष्ट्रपतिको कार्यालयको फोहोर उठाउन नदिएको मेयर शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार वा संघीय राजधानी अन्तै सारे पनि आपत्ती नभएको बताएका हुन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन । चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’– मेयर शाहले लेखेका छन् ।

त्यस्तै, मेयर शाहले आफूहरुलाई राजनीति नभएर आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएको समेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: