×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको अभियानद्धारा चैत्र २४ गतेको नेपाल बन्द फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंको अभियानद्धारा चैत्र २४ गतेको नेपाल बन्द फिर्ता

Artha Sarokar

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको अभियानले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तर्गत चैत्र २४ गते तय गरेको नेपाल बन्द फिर्ता गरेको जानकारी दिएका हुन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रसाईंले हाल चलिरहेको एसईई परीक्षाका कारण आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् । ‘चैत्र २४ गते बिहीबारका दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ ।’- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकको चर्को ब्याज र लघुवित्त वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रसाईं पछिल्लो केही समयदेखि सक्रिय रुपमा लागी परेका छन् । उनले बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर घटाउनुपर्ने र २० लाखभन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने मागसहित देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी