×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘२०८० सालमा बुल आउँछ, २२७७ को बिन्दु नाघेर बजार माथि जान्छ, तर ३२ सय पुग्न गाह्रो छ’- बिमोद देव पन्त (अन्तर्वार्ता)

SAGARMATHA CEMENTS

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सेयर लगानीकर्ताहरु पनि थप उत्साहित बनेका छन् । लामो समयको विरक्त लाग्दो बजारको घटाइकाबीच नयाँ वर्षको सुरुवातसँगै बजार बढ्ने विश्वाससँगै लगानीकर्ता उत्साहित बनेका हुन् । अझ जानकारहरुले पनि नयाँ वर्षको सुरुवातसँगै बजारमा सकारात्मक लय देखिने बताइरहँदा यसले लगानीकर्तामा थप उमंग थपेको हो ।

यसैबीच सेयर बजारका प्राविधिक विश्लेषक बिमोद देव पन्तले पनि नयाँ वर्षमा सेयर बजार सकारात्मक लयमा देखिने दाबी गरेका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले २०८० साल सेयर लगानीकर्ताका लागि सुखमय हुने बताएका हुन् । ‘बजार जति घट्नु घटिसक्यो, अब यो भन्दा धेरै र विरक्त लाग्दो घटाई बजारमा हुँदैन ।’, उनले भने, ‘नयाँ वर्षले सेयर लगानीकर्तामा छुट्टै उत्साह ल्याएको छ । यो वर्ष बजार सकारात्मक लयमा देख्न पाइन्छ ।’

त्यस्तै, चुकुल एपका संस्थापकसमेत रहेका पन्तले २०८० सालमा एकपटक फेरी बुल आउने दाबी गरेका छन् । ‘२०८० सालमा लगानीकर्ताले एकपटक फेरी बुल देख्न पाउँछन् । यसअघिको बढाईमा सेयरबजारको २२७७ को हाईलाई मार्केटले ब्रेक गर्छ ।’, उनले भने, ‘तर, अघिल्लो पटकको जस्तो ३२०० पुग्नचाहिँ गाह्रो छ । यसको मतलब पुग्दै पुग्दैन भन्ने त होइन, तर २०८० भित्रै त्यो गाह्रो छ ।’

संवादको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal